पार्टी कामको सिलसिलामा गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। राति पार्किङ गरेको स्थानमा तोडफोड भएको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन्।
‘गोरखा भीमसेन थापा–३ मा भेलाको लागि जानुभएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गत राति पार्किङ गरेको स्थानमा तोडफोड भएको छ,’ प्रवक्ता झाले भने।
अनुसन्धानको लागि स्थानीय प्रहरीहरूबाट सहयोग मागिएको उनले बताएका छन्।