सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको बारेमा जानकारी दिँदै सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोबारे बताएका हुन्।
उनका अनुसार पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा आयोग गठन हुनेछ।
‘सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय भएको छ,’ पत्रकार सम्मेलनमा उनले भने।