नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापालाई आधिकारिकता दिएपछि नेकपा एमालेका सचिव महेश बस्नेतले वैदेशिक हस्तक्षेप गरेको बताएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगमै वैदेशिक हस्तक्षेप भएको बताएका हुन्।
‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नांगो प्रहार हो,’ उनले लेखेका छन्, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नांगो नाँच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो।’
शुक्रबार आयोगले विशेष महाधिवेशन गरी सभापति चयन भएका गगन थापा र उनको टिमलाई आधिकारिक मानेको हो।