निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता दिएपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले बधाइ दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई बधाइ दिएका हुन्।
'गगन–विश्वलाई बधाइ छ। राजनीतिक निर्णयले कानुनी वैधता पायो,' उनले लेखेका छन्, 'तर चुनौती सर्वोच्चमा त जान्छ नै होला। र, सडक शान्त भए चुनाव हुन्छ होला।'
उनले कांग्रेसलाई जनताको प्रिय पार्टीमा रूपान्तरण गर्न सुझाएका पनि छन्।
'जे होस्, कांग्रेसलाई पिपुलस् लभ्ली पार्टीमा रूपान्तरित गर्नु होला, शुभकामना,' उनले भनेका छन्।