नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले शनिबार बिहान विघटित केन्द्रीय समितिको बैठक राख्ने भन्दै विज्ञप्ति जारी गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि उनले यो बैठक डाकेका हुन्।
पूर्वकार्यवहाक सभापति खड्काको निर्देशानुसार भन्दै केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ८ः०० बजे बैठकमा बस्ने भनिएको छ।
'केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरुको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।
खड्काले निर्वाचन आयोगको निर्णय खारेज गर्ने प्रतिक्रिया दिएका थिए। आयोगको निर्णय विरूद्ध कानुनी रूपमा अघि बढ्ने पनि बताएका थिए।