कांग्रेसको विघटित केन्द्रीय समिति बैठक बस्दैछ।
बिहान ८ बजे बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक बोलाएका थिए।
यद्यपि बैठकका लागि नेताहरू पुग्न थालेका छन्।
नेताहरू कृष्ण सिटौला र रमेश लेखक सानेपा पुगेका छन्।
नेता लेखकले निर्वाचन आयोगको शुक्रबारको निर्णयबारे बैठकपछि धारणा सार्वजनिक गरिने बताए।
'बैठकले छलफल गर्छ र त्यसबारे निर्णय सार्वजनिक गर्छ,' उनले भने।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो।
शुक्रबार नै सानेपा पत्रकार सम्मेलन गरेर खड्काले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आन्दोलन गर्ने घोषणा गरेका थिए।
शनिबार नै सभापति गगन थापाले नयाँ बानेश्वरमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
-1768621615.jpeg)
-1768621614.jpeg)
-1768621614.jpeg)
-1768621614.jpeg)
सबै तस्बिरः सञ्जिब बगाले/सेतोपाटी।