राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।
आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी केन्द्रीय समिति बैठक आह्वान भएको रास्वपाका एक नेताले बताए।
केन्द्रीय समिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका १६५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाउने ती नेताले बताए।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेको छ।
त्यसका लागि निर्णय गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो।