कांग्रेसको विघटित केन्द्रीय समिति बैठक सुरू हुँदैछ।
बिहान ८ बजे बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक बोलाएका थिए।
बैठकका लागि नेताहरू सानेपा पुग्न थालेका छन्।
पूर्वकार्यवहाक सभापति खड्का, कृष्ण सिटौला, रमेश लेखक, बालकृष्ण खाण, श्याम घिमिरे लगायतका नेताहरू सानेपा पुगेका छन्।
नेता लेखकले निर्वाचन आयोगको शुक्रबारको निर्णयबारे बैठकपछि धारणा सार्वजनिक गरिने बताए।
'बैठकले छलफल गर्छ र त्यसबारे निर्णय सार्वजनिक गर्छ,' उनले भने।
बैठकमा सहभागी जानुपूर्व नेता शेखर कोइरालाले संवादबाट कांग्रेसको विवाद समाधान हुने बताएका छन्।
'कांग्रेस फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गरेर विवाद सल्टाउँछौं,' उनले भनेका छन्।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो।
शुक्रबार नै सानेपा पत्रकार सम्मेलन गरेर खड्काले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आन्दोलन गर्ने घोषणा गरेका थिए।
शनिबार नै सभापति गगन थापाले नयाँ बानेश्वरमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
को-को नेता पुगे, हेर्नुस् तस्बिरमा
-ink-1768624645.jpeg)

-ink-1768624645.jpeg)



-ink-1768624644.jpeg)
-ink-1768624644.jpeg)
-ink-1768624644.jpeg)
-ink-1768624642.jpeg)
-ink-1768624642.jpeg)
-ink-1768624643.jpeg)
-ink-1768624643.jpeg)
-ink-1768624644.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।