नेपाली कांग्रेसको विघटित केन्द्रीय समिति बैठक जारी छ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विघटित केन्द्रीय कार्यसमिति बैठक केहीबेर अघि सुरू भएको हो।
बैठकले केही निर्णय पनि गरेको छ।
यसअघिको कार्यसम्पादन समिति बैठकबाट भएको निर्णयलाई अनुमोदन गरेको छ।
अघिल्लो कार्यसम्पादन समिति बैठकले चुनावमा बागी उम्मेदवार, त्यसका प्रस्तावक र समर्थकहरूलाई गरएको कारबाही फिर्ता लिने निर्णय गरेको थियो।
कार्यसम्पादन समितिको सोही निर्णयलाई अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती सार्वजनिक गरी जानकारी दिएका छन्।
कांग्रेसमा कार्यसम्पादन समिति बैठकले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने प्राबधान छ।
'यसरी कार्बाही माफी/मिनाहा भएका व्यक्तिहरुको पार्टीको बहाल रहेको पद यथावत कायम क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने,' निर्णयमा भनिएको छ।