नेपाली कांग्रेसका नेता सुनिल शर्माले कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्।
शनिबार पत्रकारहरूसँगको कुराकानीमा नेता शर्माले कांग्रेसले आगामी चुनाव कसैसँग पनि गठबन्धन नगरी लड्ने र बहुमत ल्याउने बताएका हुन्।
बहुमतप्राप्तिपछि गगन थापा प्रधानमन्त्री बन्ने पनि उनले बताए।
'कांग्रेस गठबन्धनमा जाँदैन। एकल चुनाव लड्छ। १६५ ठाउँमै हाम्रा उम्मेदवार हुन्छन्। गगन थापालाई प्रधानमन्त्री बनाएर जाने हो। दुविधा छैन,' उनले भने।
उनले नेपाली कांग्रेसलाई एक बनाएर लैजाने जिम्मा वर्तमान सभापति गगन थापा नेतृत्वको टिमको रहेको पनि बताए।
'पार्टी फुटेको होइन। अधिवेशन भ्यालिड भइसक्यो। अधिवेशनबाट असन्तुष्टि राख्ने साथीहरूलाई अहिलेका सभापतिले मिलाउनुहुन्छ,' उनले भने।
उनले दुवै पक्षले इगो त्यागेर पार्टीलाई एक ढिक्का बनाएको खण्डमा आगामी निर्वाचनमा बहुमत आउने पनि बताए।
'लिडिरसिपमा जो आउनुभएको छ, उहाँहरू बुद्धिमान हुनुहुन्छ। वर्षौंसम्म नेतृत्वमा रहेकाहरू पनि बुद्धिमान हुनुहुन्छ। सबैले आफ्नो इगो त्याग्ने र पार्टीलाई एकढिक्का बनाएर लैजाने हो। त्यसो हुँदा चुनावमा कांग्रेसको प्रतिस्पर्धी नै हुँदैन। स्वीप गरिदिन्छौं,' उनले भने।
भिडिऔः