महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय गरेको विरोधमा राष्ट्रिय युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ।
संघले उक्त निर्णयले कानुनी शासन र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल पुनरावलोकनको माग गरेको छ।
प्रदर्शनकारीहरूले राजधानीका विभिन्न स्थानमा भेला भई नाराबाजी गर्दै न्यायमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने माग गरेका थिए।
प्रदर्शनकारीहरूले 'दलालको राज भो, देशमा अति लाज भो', 'जनतालाई लाज भो, सहकारी ठगको राज भो,' लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।
उनीहरूले विवादित निर्णय तत्काल खारेज गरी निष्पक्ष र पारदर्शी ढंगले न्यायिक प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे। प्रदर्शन शान्तिपूर्ण रहेको र सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो। संघले आवश्यक परे देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
तस्बिरहरू:
-1768648327.jpg)
-1768648327.jpg)
-1768648326.jpg)
-1768648325.jpg)
-1768648327.jpg)
-1768648326.jpg)
-1768648328.jpg)
-1768648327.jpg)
-1768648325.jpg)
-1768648325.jpg)
-1768648324.jpg)
-1768648324.jpg)
-1768648325.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी