सामाजिक अभियानी सोनी भट्टराई आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट चुनाव लड्ने भएकी छन्।
गोरखाको नारेश्वर घर भएकी सोनी आगामी निर्वाचन गोरखाबाटै लड्न लागेको उनी निकटहरूले बताएका छन्।
उनी बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन्।
उनी काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्यका रहेर काम गरिसकेकी छन्।
उनी नेतृत्वको समूहले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो।
राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन्।