नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्।
आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ भए पनि श्रेष्ठ यसपालि सर्लाही-३ बाट चुनाव लड्ने निश्चित भएको उनको सचिवालयले जनाएको छ।
श्रेष्ठ २०७४ को चुनावमा गोरखा-२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
त्यसपछि २०७९ को चुनावमा त्यहाँबाट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चुनाव जितेका थिए। त्यतिबेला डा.भट्टराईले पनि प्रचण्डलाई नै समर्थन गरेका थिए।
प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ।