नेकपा एमालेले मिलन गुरूङ (चक्रे मिलन) लाई उम्मेदवार बनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गोरखा क्षेत्र नम्बर २ मा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
चक्रे मिलनलाई उम्मेदवार बनाउन गोरखा जिल्ला कमिटीले सिफारिस गरेको थियो।
त्यस्तै गोरखा क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य आरसी लामिछानेलाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव भट्टले जानकारी दिए।