नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पाबाट निर्वाचन लड्ने भएका छन्।
रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका पौडेल यसपालि पाल्पा २ बाट निर्वाचन लड्न लागेका हुन्।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पौडेल पाल्पा २ बाट यसपालि उम्मेदवार हुनेछन्।
शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो।