यसअघिका दुइटा निर्वाचन मोरङ–३ बाट लडेका एमाले सचिव भानुभक्त ढकाल यस पटक तेह्रथुमतिर लागेका छन्।
२०७४ सालको निर्वाचनमा मोरङ–३ मा जितेका उनी २०७९ सालमा सोही क्षेत्रमा कांग्रेस नेता डाक्टर सुनिल शर्मासँग पराजित भएका थिए।
एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र भएको तेह्रथुमबाट २०७९ सालमा कांग्रेसकी सीता गुरूङले जितेकी थिइन्।