नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गोर्खाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
नेकपाले गोरखा-१ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ।
दुवैलाई नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले टिकट दिएका हुन्।
अधिकारी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
त्यतिबेला गोरखा-२ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
२०७९ मा प्रचण्ड आफै गोरखा-२ बाट निर्वाचित भएका थिए।
गोरखा-१ बाट भने माओवादीसहितको समर्थनबाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए।
यसपालि प्रचण्ड रूकुम पूर्व र नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्।
न्यौपाने भने पहिलोपटक चुनाव लड्दैछन्। उनी अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।