नेपाली कांग्रेसका धादिङ जिल्ला सभापतिसमेत रहेका पूर्वकृषि मन्त्री रामनाथ अधिकारी विशेष महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वतर्फ खुलेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै उनले उल्लेख गरेका छन्, ‘महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा, पदाधिकारी र सदस्यहरू तथा सिंगो केन्द्रीय कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
पूर्वमन्त्री अधिकारी नेता शेखर कोइरालानिकट मानिन्छन्।
विशेष महाधिवेशन भइरहेका बेला तत्कालीन सभापति शेरबहादुर देउवा र नेता कोइरालानिकट ४८ जिल्ला सभापतिले विशेष महाधिवेशन विरोधमा संयुक्त विज्ञप्ति निकालेका थिए।
भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा गत भदौ २३ गते जेन-जेड (जेनजी) नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात गर्दै पार्टीभित्र नीति र नेतृत्व परिवर्तन, रूपान्तरण र सुधारको एजेन्डासहित पार्टीको विधानबमोजिम महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशन सम्पन्न भएको पनि उल्लेख गरेका छन्।
उनले पार्टीको संगठन विस्तार तथा सुदृढीकरण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारका पक्षमा जनताका बीचमा केन्द्रित हुन पनि अपिल गरेका छन्।
यस्तो छ विज्ञप्ति:
