नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा आज बेलुकीसम्म उम्मेदवार टुंगो लगाउने भएको छ।
कांग्रेसले केही दिनदेखि संसदीय बोर्ड बैठकमा उम्मेदवारहरूका आकांक्षीबारे छलफल गरिरहेको छ।
सभापति गगन थापासहित १३ जना पदाधिकारी रहेको संसदीय बोर्ड गठन भइसकेको छ।
दुई दिनदेखि संसदीय बोर्डमा उम्मेदवारका आकांक्षीहरूबारे छलफल भइरहेको छ।
बोर्डमा पार्टीका तल्ला निकायहरूबाट सिफारिस भई आएका नामहरूबारे छलफल भइरहेको छ।
प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेदवार आकांक्षीका नामहरू पार्टीमा प्राप्त भएको थियो।
प्रवक्ता देवराज चालिसेले आज बेलुकीसम्म हिमाली जिल्लाका उम्मेदवारहरू तय गरिने सेतोपाटीलाई जानकारी दिए।
हिमाली जिल्ला २० वटा छन्।
कांग्रेसले पार्टीका तल्ला निकायबाट सिफारिस भएका आधारमा उम्मेदवार चयन गरिने बताउँदै आएको छ।
सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले सबैलाई समेटेर पार्टी अघि बढ्ने बताएका छन्।