जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर वीरेन्द्र महतोले जनमत पार्टीबाट चुनाव लड्ने भएका छन्।
उनले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सिरहा-४ बाट टिकट लिएका हुन्।
२०७९ सालको निर्वाचनमा उनी सोही क्षैत्रबाट विजयी भएका थिए।
महतोले उक्त क्षेत्रमा २४ हजार १ सय २ मत ल्याएका थिए। उक्त निर्वाचन क्षेत्रमा वीरेन्द्रप्रसाद साहले १६ हजार २ सय ९४ मत ल्याएका थिए।
उनी २०६५ सालबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा आवद्ध भएका थिए। २०७० सालमा उनी समानुपातिक सांसद भएका थिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता हुँदैछ।