नेकपा एमालेका नेता गोकुल बास्कोटाको टिकट पनि अध्यक्ष केपी शर्मा ओलीले होल्ड गरेका छन्।
शनिबार बसेको सचिवालय बैठकमा काभ्रेपलाञ्चोक–२ बाट गोकुल बास्कोटालाई उम्मेदवार बनाउनुपर्ने छलफल भएको थियो।
तर अध्यक्ष अोलीले काभ्रे–१ को मात्र उम्मेदवार टुंग्याउन लगाए। त्यहाँ राष्ट्रिय युवा संघबाट राजीतिमा आएका अमित लामालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
'काभ्रे–२ मा गोकुल बास्कोटालाई उम्मेदवार बनाउनुपर्छ भनेर आवाज उठेको थियो। तर अध्यक्षले त्यसलाई पछि टुंग्याऊँ भन्नुभयो,' एक सचिवालय सदस्यले भने।
बास्कोटाले निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट एकल उम्मेदवार सिफारिस भएर आएका थिए। प्रदेश कमिटीले अशोक व्यञ्जु, विमला शर्मा चौलागाईं र हरिशरण दाहालको नाम थपेको थियो।