नेकपा एमालेले ऐन महरलाई पनि बझाङमा प्रतिनिधि सभाको टिकट दिएको छ। शनिबार बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर आइतबार निर्णय परिवर्तन गर्र्दै महरलाई टिकट दिएको हो।
महर यसअघि पनि उम्मेदवार थिए। गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा महर एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग १००१ मतले पराजित भएका थिए।