काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै बोर्ड बैठक बस्ने भएको छ।
आइतबार अपराह्न साढे ४ बजे काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बोर्डको बैठक बस्ने भएको हो।
राजीनामा दिएका बालेनलाई महानगरले धन्यवाद तथा बिदाइ गर्ने तयारी छ। उनको राजीनामासँगै सुनिता डंगोल काठमाडौं महानगरकी कार्यवाहक मेयर भएकी छन्।
शाहले मेयर पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चःमतिस्थित कार्यालय पुगेका थिए। त्यहाँ पुगेर वरिष्ठ नेताको रूपमा उनले पदभार सम्हालेका थिए।
पदभार सम्हालेको केहीबेरमै उनी त्यहाँबाट निस्किएका हुन्।
बालेन शाह र रास्वपा सभापति रवि लामिछाने आजै जनकपुरधाम जाने तयारी छ। त्यहाँबाट सोमबार चुनावी अभियानको सुरूवात गर्न लागेका छन्।