उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार अपराह्न ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार सवा तीन बजेतिर भएको दुर्घटनामा मृत्यु भएका दुवैको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मृतक ट्रकका चालक र सहचालक भएको प्रहरी भनाइ छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खसेको थियो।
दुर्घटनास्थलबाट गम्भीर अवस्थामा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ।