नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाटै लड्ने भएका छन्।
शनिबार बसेको एमालेको सचिवालय बैठकले उनलाई पाल्पा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने निर्णय गरेको हो। उक्त निर्णयलाई सच्याउँदै रूपन्देही-२ बाटै लड्ने भएका हुन्।
लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पाल्पा-२ लड्ने भनिएपनि पौडेलले रूपन्देही-२ बाटै लड्ने भनेपछि निर्णय सच्चिएको हो।
‘हिजो उहाँको टुंगो लागिसकेको थिएन। आज उहाँले रूपन्देहीबाटै लड्ने भन्नुभयो,’ उनले भनिन्।
उनका अनुसार पाल्पा-२ मा उम्मेदवार टुंगिएको छैन।
यसअघि पाल्पा-२ मा ठाकुर गैरेले चुनाव जितेका थिए। अहिले गैरेलाई टिकट नदिई पौडेललाई पठाएको भन्दै एमालेभित्रै असन्तुष्टि भएको थियो।
पौडेल रूपन्देही-२बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका थिए।