नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारी दिने पक्षमा आफूहरू नरहेको बताएका छन्।
निर्वाचन आयोगको निर्णयको विरूद्धमा आफूहरू सर्वोच्च अदालत गएको र सर्वोच्च अदालतले दिने निर्णय आफूहरूलाई स्वीकार्य हुने खड्काले बताएका छन्।
आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै खड्काले रूख चुनाव चिह्न बाहेक अन्यथा सोच्न पनि नसकिने उल्लेख गरेका हुन्।
नयाँ पार्टी खोल्ने, स्वतन्त्र उम्मेदवारी दिने जस्ता बजार हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो।
त्यसको विरूद्धमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू आइतबार सर्वोच्च अदालत गएका थिए।