नेकपा एमालेले सिन्धुपाल्चोक–१ मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। एमालेले यसअघि एमालेले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर आइतबार उम्मेदवार बदलेर होमनारायण श्रेष्ठलाई टिकट दिइएको एमालेका एक सचिवालय सदस्यले बताए।
एमालेका सिन्धुपाल्चोक जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठ २०७४ मा जुगल गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा प्रदेश सभा (सिन्धुपाल्चोक–१ (२) बाट उम्मेदवार भए पनि तत्कालीन माओवादी केन्द्रका उम्मेदवार सरल सहयात्री पौडेलसँग पराजित भएका थिए।