झापा क्षेत्र नम्बर २ को चुनाव रोचक हुने देखिएको छ।
सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर यहाँ प्रतिस्पर्धामा छन्।
घिमिरे नेकपा एमालेबाट र राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्। अरू दलहरूले पनि झापा २ मा उम्मेदवारी दिनेछन्।
घिमिरे २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने राना मगर रास्वपा समानुपातिकबाट सांसद हुँदै उपसभामुख बनेकी थिइन्।
उनले पुस १३ गते पदबाट राजीनामा दिएकी थिइन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।