नेपाल प्रहरीले आठ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा गरेको छ।
आइतबार प्रहरी प्रधान कार्यालयले आठ जनाको सरूवा गर्ने निर्णय गरेको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका अरूण पौडेलको प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरूवा भएको छ।
कार्य विभागका जयराज सापकोटाको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरूवा भएको हो।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका दिनेशकुमार आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सरूवा भएको छ।
गण्डकीमा दिपेन्द्र घर्ति क्षेत्रीको सरूवा भएको छ।
अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरूवा भएको हो।
भूपेन्द्रबहादुर खत्रीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा, माधवप्रसाद श्रेष्ठको सिआइबी र राजेन्द्रप्रसाद भट्टको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरूवा गरेको हो।