नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्काले रूख चिह्नबाहेक अन्यथा सोच्न नसकिने भन्दै भोलि उम्मेदवार मनोनयन दर्ता प्रक्रियामा सहभागी रहन अपिल गरेका छन्।
आफू बिपी कोइरालालाई आदर्श मानेर राजनीतिमा आएको उल्लेख गर्दै उनले रूख चुनाव चिह्न र चारतारे झन्डा बाहेक अन्यथा सोच्न वा कल्पना गर्न नसकिने उल्लेख गरेका हुन्।
‘भोलि माघ ६ गते आम निर्वाचनका लागि मनोनयन दर्ता गर्ने तालिका रहेको हुँदा काठमाडौंमा रहनु हुने तथा संखुवासभा जिल्लामा रहनु हुने सम्पूर्ण साथीहरूलाई संखुवासभा खादबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित भई निर्वाचन कार्यालयमा मनोनयन प्रक्रियामा सहभागी हुन हार्दिक अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले रूख चिह्नमा मतदान गर्न र गराउन पार्टीका नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन्।
खड्का निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री शशांक कोइरालानिकट छन्।