राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जानकी मन्दिर पुगेर आरतीमा सहभागी भएका छन्।
उनी अहिले चुनावी अभियानका लागि जनकपुरधाम छन्।
गए राति काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका उनी जनकपुरधाम पुगेका थिए।
चुनावी अभियान सुरू गर्नुपूर्व उनले जानकी मन्दिर पुगेका थिए।
उनीसँगै पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका थिए। उनले पनि रास्वपा प्रवेश गरेका छन्।
जानकी मन्दिर गएपछि उनी लहानस्थित मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै आफ्नो अभियान सुरू गरेका हुन्।
बालेन शाहले झापा क्षेत्र नम्बर ५ मा चुनाव लड्ने तयारी गरिरहेका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-ink-1768800663.jpeg)
-ink-1768800663.jpeg)
-ink-1768800662.jpeg)
-ink-1768800662.jpeg)
-ink-1768800660.jpeg)
-ink-1768800660.jpeg)
-ink-1768800661.jpeg)
-ink-1768800661.jpeg)