राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ–३ मा कमल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी रास्वपा प्रशिक्षण विभाग सचिव हुन्। रास्वपामा उनी स्थापनादेखि नै सक्रिय थिए।
‘पार्टीले उहाँलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ रास्वपा सहमहामन्त्री विपिन आचार्यले भने।
सुवेदी अघिल्लो निर्वाचनमा पनि त्यस क्षेत्रमा उम्मेदवार थिए। त्यस क्षेत्रमा नेपाली कांग्रेसका नेता दीपक गिरी ३६ हजार ९११ मत ल्याएर निर्वाचित भएका थिए। एमालेकी कोमल वली २९ हजार ९२ मत ल्याएकी थिइन्। सुवेदीले १५ हजार ३२६ मत ल्याएका थिए।