नेकपा एमालेले पाल्पा–२ मा रामबहादुर राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले पाल्पा–२ खाली राखेको थियो। अध्यक्ष केपी शर्मा ओलीलाई नै खाली राखेका ठाउँमा उम्मेदवार टुंग्याउने जिम्मा दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राउतलाई टिकट दिएका हुन्।
त्यस क्षेत्रबाट यसअघि ठाकुर गैरेले चुनाव जितेका थिए। यसपटक उनले टिकट नपाएका हुन्।
गत निर्वाचनमा गैरेले २८ हजार ६४५ मत ल्याएर निर्वाचित भएका थिए। प्रतिस्पर्धी तत्कालीन एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले २४ हजार ८९९ मत ल्याएका थिए।