नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा पुगेका छन्। उम्मेदवारी दर्ता गर्न उनी झापा गएका हुन्।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत माघ ६ गते मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ। अध्यक्ष ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दैछन्।
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई एमाले कार्यकर्ताले स्वागत गरेका थिए।
उनको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिन लागेकाले यो निर्वाचन क्षेत्र यसपालि बढी चर्चामा छ।
अध्यक्ष ओलीले आजै निर्वाचन क्षेत्रमा पत्रकार सम्मेलन गर्ने कार्यतालिका पनि तय भएको छ।








