नेपाली कांग्रेसले सल्यान जिल्ला सभापति केशवबहादुर विष्टलाई टिकट दिएको छ।
उनी यसअघि जिल्ला समन्वय समिति सल्यानका प्रमुख थिए।
समन्वय प्रमुखपछि २०७९ को स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा भिडेका थिए। तर, उनी पराजित भएका थिए।
हालसम्म सल्यानमा ६ पार्टीका ६ उम्मेदवारको टुंगो लागिसकेको छ।
नेपाल कांग्रेसका केशवबहादुर विष्ट, नेकपा (एमाले) का गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, नेकपा (माओवादी) का – चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टीका – ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिसा नेपालीलाई उम्मेदवार बनाएका छन्।
विष्ट १४ औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट उनी जिल्ला सभापति निर्वाचित भएका थिए।