राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू टुंगो लगाउन थालेको छ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवार तय गरिएको राप्रपा स्रोतले जनाएको छ।
जसअनुसार क्षेत्र नम्बर १ मा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय भएको छ। मिश्र यसअघि पनि यही क्षेत्रमा उम्मेदवार थिए।
साथै क्षेत्र नम्बर २ मा कुन्ति पोखरेल, क्षेत्र नम्बर ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा सुरेन्द्र भण्डारी, क्षेत्र नम्बर ५ मा कमल थापा, क्षेत्र नम्बर ६ मा उद्धवराज भेटुवाल, क्षेत्र नम्बर ७ मा लालकुमार लामा, क्षेत्र नम्बर ८ मा नवीनकुमार शाही, क्षेत्र र क्षेत्र नम्बर १० मा बलराम थापालाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीले जनाएको छ।
क्षेत्र नम्बर ९ मा उम्मेदवार तय गर्न बाँकी छ।