राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवलपुर क्षेत्र नम्बर २ मा चुनाव लड्न जेनजी युवा मनिष खनाललाई टिकट दिएको छ।
सोमबार दिउँसो उनलाई चुनाव लड्न पार्टीले उनलाई टिकट दिएको हो। उनी अधिवक्ता समेत हुन्।
सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उनी पनि सक्रिय भएर काम गरेका थिए।
उनी नवलपुर मध्यविन्दु नगरपालिका-६ का स्थानीय हुन्।
नवलपुर-२ मा भने नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले जितेका थिए।
कार्कीले ३६ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी तलबहादुर महत क्षेत्रीले ३४ हजार ११० मत ल्याएका थिए। तेस्रो स्थानमै रहेको रास्वपाका शालिकराम न्यौपानले ६ हजार ४४९ मत प्राप्त गरेका थिए।