राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्।
कार्यक्रमको सम्बोधन उनले मैथिली भाषामा गरेका थिए। उनले मधेस सँगसँगै सबै देशको विकास गर्ने बताएका हुन्। उनले संघीयतालाई थप सुधार गर्ने पनि बताएका छन्।
उनले प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताए।
साथै उनले मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर मात्र होइन, सही मान्छेहरू आउनेवाला भएकाले घन्टीमा भोट हाल्न आह्वान गरेका छन्।
उनी झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुँदैछन्।
झापा जानुअघि उनले मधेस प्रदेशबाट आफ्नो चुनावी यात्रा सुरू गरेका हुन्। यस कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार उनले राजीनामा दिएर जनकपुरधाम गएका थिए।
तस्बिरहरू:
-1768822328.jpg)
-1768822326.jpg)
-1768822327.jpg)
-1768822324.jpg)
-1768822325.jpg)
-1768822325.jpg)
-1768822323.jpg)
-1768822324.jpg)
-1768822326.jpg)
-1768822325.jpg)
-1768822323.jpg)
-1768822322.jpg)
-1768822322.jpg)
-1768822321.jpg)
-1768822321.jpg)
-1768822321.jpg)
-1768822321.jpg)
-1768822320.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी