नेपाली कांग्रेसले दैलेख क्षेत्र नम्बर २ मा दिक्पालकुमार शाहीलाई उम्मेदवार बनाएको छ।
उनी २०७९ को चुनावमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।
कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार तय गरेको हो।