नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार चार्टर्ड फलाइट मार्फत रूकुम पुगेका छन्।
प्रचण्डले तारा एयरको बिमानको चार्टर्ड फलाइट मार्फत रूकुम पश्चिमस्थित सल्ले विमानस्थलमा दिउँसो ३ बजेर ७ मिनेटमा अवतरण गरेको हो।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्न उनी अघिल्लो दिन नै रूकुम पूर्व गएका हुन्। उनी रूकुम पूर्वमा गाडीबाट जाँदैछन्।
विमानस्थलबाट प्रचण्ड कार्यकर्ताको स्कर्टिङ र नाराबाजीसहित रुकुम पश्चिमको मुसिकोट पुगेका थिए।
मुसिकोट नगरपालिका–५ सेरिगाउँस्थित सहिद स्मृति प्रतिष्ठानको पार्टी कार्यालमा पुगेर प्रचण्डले रूकुम पश्चिमका उम्मेदवार गोपाल शर्मालाई टिकट दिएका थिए।
त्यसक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले यसपालि नेकपाको बुहमत आउने दाबी गरेका थिए।
‘हाम्रो बहुमत आउँछ। हामी पहिलो पार्टी बन्ने छौं,’ उनले भने, ‘न्यायप्रेमी जनताले हामीलाई साथ दिनुहुने विश्वास छ।’
रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा रात बसेर मंगलबार उनले आफ्नो उम्मेदवारी दर्ता गर्ने छन्।