राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष हेमजंग गुरूङ कास्की– २ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्।
यसअघि लमजुङबाट निरन्तर चुनाव लड्दै आएका गुरूङले निरन्तर हार व्यहोरेका थिए।
यसपालि उनले लमजुङबाट उम्मेदवारी दिन छाडेर कास्की– २ मा भिड्न आइपुगेका हुन्।
जिल्ला विकास समिति लमजुङका पूर्वसभापति गुरूङ इञ्जिनियर हुन्।
राप्रपाले कास्की– १ मा पार्टीको क्षेत्रीय कमिटी अध्यक्ष बाबुराम थापा र क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य अर्जुन खनाललाई उम्मेदवार उठाएको छ।
एमालेबाट राजनीतिक यात्रा थालेका केन्द्रीय सदस्य खनाल विवेकशील साझा पार्टी हुँदै वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र राप्रपामा समाहित हुँदा खनाल पनि सँगसँगै गएका थिए।
मिश्र पक्षबाट पार्टी केन्द्रीय सदस्य बनेका खनाल पर्यटन व्यवसायी हुन्।