नेपाली कम्युनिस्ट पार्टीकी नेता रञ्जिता श्रेष्ठ यसपटक उम्मेदवार नबन्ने भएकी छन्।
उनले जितेको कैलाली–१ मा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारू उम्मेदवार बन्ने भएका छन्।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक थारू नेकपामा समाहित भएका थिए। अघिल्लो निर्वाचनमा श्रेष्ठले त्यहाँबाट ३० हजार ४०४ मत ल्याएर निर्वाचित भएकी थिइन्। यसपटक नाउपा चारवटा खेमामा विभक्त भएको छ।