नेपाली कांग्रेसले गुल्मी-१ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
भण्डारी २०७९ को चुनावमा पनि निर्वाचित भएका थिए।
साथै भुवन २०७४ मा रेसुङ्गा नगरपालिकाको मेयर र २०७९ मा २ क मा प्रदेशसभा उम्मेदवार थिए।
उनी लुम्बिनी कांग्रेसको उपसभापति हुन्।
गुल्मी १ मा टिकट पाएका चन्द्र र एमालेका प्रदीप ज्ञवालीबीच भने लगातार प्रतिस्पर्धा हुदै आएको छ। पछिल्ला निर्वाचनहरू पालैपालो जितेका छन्।
यही निर्वाचन क्षेत्रबाट रास्वपाका सागर ढकाल पनि उम्मेदवार छन्।