नेपाली कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार चयन गरेको छ।
पार्टीको तल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले आज उम्मेदवार चयन गरेको हो।
क्षेत्र नम्बर १ म प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले टिकट पाएका छन्।
खत्री महाधिवेशन तथा महासमिति सदस्य हुन् भने दवाडी गण्डकी प्रदेशका पूर्वसांसद हुन्।
फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।