नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रूकुम पूर्व पुगेका छन्।
फागुन २१ गते चुनावमा मनोनयन दर्ताका लागि प्रचण्ड सोमबार रूकुम पूर्व पुगेका हुन्।
निर्वाचन आयोगले मंगलबार मनोनयन दर्ताको कार्यतालिका राखेको छ।
मनोनयन दर्ताका लागि प्रचण्ड आज साँझ रूकुम पूर्व पुगेको उनको सचिवालयले जनाएको छ।