काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सस्मित पोखरेललाई टिकट दिएको छ।
सोमबार रास्वपा नेता गणेश पराजुलीले उनलाई टिकट प्रदान गरेका हुन्।
पोखरेल रास्वपाका केन्द्रीय सदस्य छन्।
वरिष्ठ नेता बालेन शाहसँग बृहत् एकता भएपछि रास्वपामा उनी पनि समायोजन भएका थिए।
पोखरेल यसअघि बालेनका सचिवालय सदस्य थिए। उनले शिक्षा सम्बन्धी कामकारबाही गर्दै आएका थिए।
यसअघि रास्वपाले काठमाडौं क्षेत्र नम्बर ४ र ५ टुंगो लगाएको थिएन।