नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ।
सोमबार बसेको संसदीय बोर्डको बैठकले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आफूलाई पार्टीले टिकट दिएको खतिवडाले पनि जानकारी दिए।
खतिवडा यस अघिको निर्वाचनमा पनि ओखलढुंगाबाट निर्वाचित भएका थिए।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको कार्यक्रम छ।