नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाएको छ।
सोमबार बसेको संसदीय बोर्डको बैठकले केसीलाई उम्मेदवार बनाएको हो।
केसीको नाम नुवाकोट–२ बाटै सिफारिस भएको थियो।
आफूलाई पार्टीले नुवाकोट– २ बाट उम्मेदवार बनाएको केसीले सेतोपाटीलाई जानकारी दिए।