नेपाली कांग्रेसले एनपी साउदलाई कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने भएको छ।
साउद पूर्व परराष्ट्रमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य हुन्।
उनी निवर्तमान सभापति शेरबहादुर देउवा निकट छन्।
सोमबार बसेको संसदीय बोर्ड बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट गोपीप्रसाद उपाध्यायले टिकट पाएका छन्।
कञ्चनपुर क्षेत्र नम्बर ३ मा भने उम्मेदवारको तय गर्न बाँकी छ।
गएको निर्वाचनमा यो क्षेत्रबाट रमेश लेखक निर्वाचित भएका थिए।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम छ।