नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशरण महतलाई उम्मेदवार बनाउने भएको छ।
महत निवर्तमान प्रवक्ता हुन्।
सोमबार बसेको संसदीय बोर्ड बैठकले नुवाकोट क्षेत्र नम्बर १ मा पार्टीको तल्लो तहको सिफारिसका आधारमा महतलाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।
तर महत टिकट लिन आइसकेका छैनन्।
महत निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। महतको नाम काठमाडौं क्षेत्र नम्बर ५ र नुवाकोटबाट सिफारिस भएको थियो।
नुवाकोट दुईमा भने जगदीश्वर नरसिंह केसीले टिकट पाइसकेका छन्।